१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडों
२o८१ जेठ ४ शुक्रबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फन्डबीच व्यावसायिक ऋण सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडों
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:२९:oo

कुमारी बैंक लिमिटेडले इएमएफ माइक्रोफाइनान्स फन्डसँग व्यावसायिक ऋण सम्झौता गरेको छ।

इएमएफ माइक्रोफाइनान्स फन्डसँगको सहकार्यमार्फत साना तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तीकरण गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ। यसअघि कुमारी बैंकले महिला सशक्तीकरण ऋण र महिला स्वामित्व भएका MSMEs लाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा SA, SICAV-SIF सँग ECB सफलतापूर्वक पूरा गरिसकेको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका तीन सय चार शाखा, ४९ एक्स्टेन्सन काउन्टर, तीन सय सात एटिएम तथा ६३ शाखारहित बैंकिङ एकाइसहितका सञ्जालहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

ad
ad