१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ८ मंगलबार १८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कोसीका मुख्यमन्त्री थापाले लिए शपथ, तीनसदस्यीय मन्त्रिपरिषद् गठन

निवर्तमान सभामुख गौतम बने आर्थिक मामिला तथा योजनामन्त्री

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १८:५५:oo

कोसी प्रदेशका छैठौँ मुख्यमन्त्रीका रूपमा उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार अपराह्न उनले प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मुख्यमन्त्री थापाले आजै तीनसदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। राजीनामा दिएर बहुमतको सरकार गठन गर्न सहयोग गरेका प्रदेशका पूर्वसभामुख एवं माओवादी सांसद बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री, कांग्रेसका प्रदीप सुनुवारलाई खानेपानी सिँचाइ तथा ऊर्जा र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री नियुक्त गरेका छन्।

कोसी प्रदेशमा हालसम्म ६ पटक सरकार परिवर्तन भैसकेको छ। प्रदेशको पहिलो मुख्यमन्त्रीका रूपमा एमालेका शेरधन राई नियुक्त भएका थिए। त्यसपछि दोस्रोपटक एमालेकै भीम आचार्य, तेस्रोमा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए।

प्रदेश सभाको दोस्रो कार्यकालमा एमालेका हिक्मतकुमार कार्की चौथो मुख्यमन्त्री र कांग्रेसका उद्धव थापा पाँचौँ मुख्यमन्त्री नियुक्त भएका थिए। तर, सभामुखको हस्ताक्षर प्रयोग गरी नियुक्त भएका थापालाई अदालतले बर्खास्त गरेपछि सभामुखलाई राजीनामा गराएर बहुमत पुर्‍याएपछि उनी पुनः १६ साउनमा छैठौँ मुख्यमन्त्री नियुक्त भएका हुन्।

ad
ad