Skip This
सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format २o:५२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सडक निर्माणस्थलमा क्रेन खस्दा १७ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:५२:oo

भारतको पश्चिमी राज्य महाराष्ट्रमा सडक निर्माणस्थलमा क्रेन खस्दा कम्तीमा १७ जना कामदारको मृत्यु भएको छ। अन्य तीनजना घाइते भएका छन्।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब ७१ किलोमिटर उत्तरपूर्वमा पर्ने ठाणे जिल्लाको शाहापुरनजिकै घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उद्धारका लागि भारतीय राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ) को टोली घटनास्थलमा पुगिसकेको छ। 

एनडिआरएफका वरिष्ठ अधिकारी सारंग भी कुर्वेले भने, ‘हाम्रो खोजी र उद्धार कार्य जारी छ। घटनास्थलबाट अहिलेसम्म १७ जनाको शव निकालिएको छ।’

घाइते तीनैजनालाई नजिकैको अस्पतालमा लगिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप आर्थिक सहयोग दिने घोषणा गरेका छन्।