१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जम्कट्टेलको संयोजकत्वमा नुवाकोट-काठमाडौं पत्रकार समाज गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

नुवाकोट घर भई राजधानीमा क्रियाशील पत्रकारहरूको संगठन नुवाकोट–काठमाडौं पत्रकार समाज गठन गरिएको छ। सोमबार राजधानीको युनियन हाउसमा आयोजित भेलाले रमेश जम्कट्टेलको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।

समाजको सहसंयोजकमा नवराज घिमिरे छन्। यसैगरी, सदस्यहरुमा प्रकाश पुडासैनी, राजन ढकाल, प्रशन्न ढुंगाना, हरिप्रसाद भेटवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी छन्। नुवाकोट स्थायी घर भई राजधानीमा क्रियाशील पत्रकारहरू एकीकृत हुँदै नुवाकोटको विकास निर्माणका कार्यहरूमा संयोजन गर्ने गरी समाज गठन गरिएको संगठनका सदस्य प्रकाश पुडासैनीले बताए।

संयोजक चयन भएपछि जम्कट्टेलले समग्र नुवाकोटलाई जोड्न समाज सेतु बन्ने बताए। ‘राजधानी नजिकै भए पनि नुवाकोटमा विकास निर्माणलगायतका काममा विभिन्न समस्या र उल्झनहरू छन्। यी समग्र विषयमा पत्रकारिकताको माध्यमबाट समन्वय र सहकार्य गर्न समाजको माध्यममार्फत हामी लाग्नेछौँ,’ उनले भने।

उनले राजधानीमा क्रियाशील पत्रकारहरूलाई जोड्न विभिन्न कार्यक्रमदेखि तालिमलगायतका गतिविधि सञ्चालन गरेर संस्थालाई चलायमान बनाउन लागिपर्ने बताए। पुराना पुस्तादेखि नयाँ पुस्तासम्मलाई जोडेर समाजलाई सबैको साझा मञ्च बनाइने उनको भनाइ थियो।