१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
लन्डन
२o८१ जेठ १४ सोमबार o८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

‘ट्रेबल’ विजेता  महारेज अल अहलीमा

Read Time : < 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार o८:o४:oo

‘ट्रेबल’ विजेता म्यानचेस्टर सिटीमा मिडफिल्डर रियाद महारेज साउदी प्रो लिग क्लब अल अहलीमा अनुबन्ध भएका छन् । सिटीसँग दुई वर्षको सम्झौता बाँकी रहँदा महारेज ३० मिलियन पाउन्डमा एसियाली मुलुक साउदी अरेबिया पुगेका हुन् । अघिल्लो सिजन सिटीले च्याम्पियन्स लिग, प्रिमियर लिग र लिग कप उपाधि जित्दा महारेज मुख्य खेलाडी थिए । 

महारेज यो सिजन अल अहली भित्रिने तेस्रो खेलाडी हुन् । लिभरपुरका स्ट्राइकर रोबर्टाे फिर्मिनो र चेल्सीका गोलकिपर एडुआर्ड मेन्डी अल अहली पुगिसकेका छन् । गत सिजन सिटीका लागि ४७ खेलमा महारेजले १५ गोल गरेका थिए । सन् २०१८ मा लेस्टर सिटीबाट म्यानचेस्टर आएका महारेजले एक सय ४५ प्रिमियर लिगमा ४३ गोल गरेका छन् ।

ad
ad