१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
Invalid date format १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीद्वारा ओलम्पिको रंगशालाको अवलोकन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२२:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीको रोममा रहेको ‘स्टाडियो ओलम्पिको’को अवलोकन गरेका छन्। इटाली भ्रमणमा रहेका उनले राेमस्थित उक्त रंगशालाको अवलोकन गरेका हुन्। अवलोकनका क्रममा उनले रंगशालाका बारेमा अभिरूचिपूर्वक जिज्ञासा राखेका थिए।

सो रंगशालामा ७० हजार दर्शक अट्ने बताइएको छ। प्रधानमन्त्री दाहालले खेलाडी आउने जाने मार्ग, प्यारापिट, खेलपछि आयोजना गरिने पत्रकार सम्मेलन कक्ष, रंगशाला सञ्चालनका क्रममा प्रयोग गरिने सबै क्षेत्रको अवलोकन गरेका थिए।

उनले रंगशालामा प्रदर्शनीमा राखिएको इटालीले प्राप्त गरेको पहिलो सिल्ड, खेलाडीका जर्सीलगायतको अवलोकन गरेका थिए। प्रधानमन्त्री दाहाललाई रंगशालाका अधिकारीहरूले सम्पूर्ण जानकारी गराएका थिए।

उक्त रंगशाला सन् १९६० देखि सञ्चालनमा आएको हो। सो रंगशालामा विशेषगरी फुटबल, रग्बी र एथलेटिक्सका खेलहरू हुने अधिकारीहरूले जानकारी दिएका थिए।