१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तुलसीपुरमा फेरि १४ वर्षीया बालिका बलात्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

दाङको तुलसीपुरमा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ। मंगलबार दिउँसो साढे २ बजेतिर १४ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ।

बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ११ निवासी २३ वर्षीय विनोद वलीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले बालिकालाई घरनजिकैको मकैबारीमा बोलाई बलात्कार गरेका हुन्।

बलात्कारपछि अचेत अवस्थामा बालिकालाई उनकी आमाले भेट्टाएकी थिइन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ। वलीलाई बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

केही दिनअघि मात्रै तुलसीपुरमा ७३ वर्षीया वृद्धा र ११ वर्षीया बालिका बलात्कृत भएका थिए। तुलसीपुरमा पछिल्लो समय बलात्कारका घटना बढिरहेका छन्।