१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी ढुंगाना पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १६:५९:oo

नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गरेको छ। प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्ट ढुंगानासहित अन्य व्यक्तिहरू पुरस्कृत भएका हुन्।

ढुंगाना समाचार लेखन तथा प्रसारण प्रतियोगितामा उत्कृष्ट आएका थिए। जसअन्तर्गत उनीसँगै सुकृत नेपाल (गोरखापत्र), रेनुका ढकाल (दी राइजिङ नेपाल), ऊर्जा आचार्य (दी काठमाडौं पोस्ट) र हेमन्त गौतम (एनटिभी प्लस) पुरस्कृत भएका छन्। 

त्यस्तै, समीक्षा लेखन प्रतियोगितामा दियालक्ष्मी जोशी (एमएफए, काठमाडौं विश्वविद्यालय), प्रतिभा खड्का (बिएफए, ललितकला क्याम्पस), प्रतिभा तिवारी (बिएफए, ललितकला क्याम्पस) पुरस्कृत भएका छन्।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले ‘राष्ट्रिय ललितकला प्रदर्शनी– २०८०’ भव्य र सभ्य बनाउन सञ्चारमाध्यमको प्रमुख भूमिका रहेको बताए। नेपाल ललितकला पत्रकार समाज (सोफाज)का अध्यक्ष केशवराज खनालले प्रतिष्ठानले गरेको उक्त काम सकारात्मक भएको बताउँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे।

ad
ad