Skip This
सिजी नेटको ‘आरआरआर’ योजना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १० बुधबार
  • Saturday, 27 July, 2024
२o८o श्रावण १० बुधबार o६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिजी नेटको ‘आरआरआर’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण १० बुधबार o६:o६:oo

इन्टरनेट सेवाप्रदायक कम्पनी सिजी नेटले आरआरआर नामक योजना सार्वजनिक गरेको छ । कम्पनीले रिफर, रिडिम, रिपिट तीन शब्दलाई समेटेर सिजी नेटको इन्टरनेट सेवा अरूलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउनुका साथै हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहार पाउने योजना ल्याएको हो ।  

योजनाअन्तर्गत रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निःशुल्क इन्टरनेट प्राप्त गर्ने मौका पाउने जनाइएको छ । साथै, तीन जनासम्म रिफर गर्नेले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गरिने कम्पनीले जनाएको छ  ।  

यो अभियानमा सहभागी हुन थप प्रोत्साहनका रूपमा सिजी नेटले प्रस्तावको ४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफररलाई ट्र्याक गर्नका लागि लिडरसिप बोर्ड लागू गरेको जनाएको छ । यस अवधिभरमा सफलतापूर्वक सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज प्रदान गरिने उल्लेख छ । दोस्रो उच्चतम रिफररले ४३ इन्चको स्मार्ट टिभी तथा तेस्रो–उच्चतम रिफररलाई ३२ इन्चको स्मार्ट टिभी प्रदान गरिने कम्पनीले जनाएको छ ।