१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

अछाममा मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अन्य ३४ जना घाइते भएका छन्। घटनामा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ विकको मृत्यु भएको हो।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– २ बाट मलामी बोकेर बेलखेततर्फ जाँदै गरेको से १ त ६७५६ नम्बरको ट्रयाक्टर मध्यपहाडी लोकमार्गअन्तर्गत कालिकास्थानमा दुर्घटना भएको हो। दुर्घटनामा घाइते ३४ जनामध्ये २४ जनाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ।

गम्भीर घाइते पञ्चदेवल विनायक नगरपालिका– ६ का १५ वर्षीय लोकेन्द्र विक र ११ वर्षीय दमन विकलाई नेपालगन्ज रिफर गरिएको छ। पञ्चदेवल विनायक नगरपालिकाकै वडा नम्बर ६ का १६ वर्षीय खम्ब विकलाई अछामको बयलपाटा अस्पताल लगिएको छ। घाइते ७ जना भने विनायकमै सामान्य उपचार गरी घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार मंगलसेनमा उपचार गराइरहेका २४ जना खतरामुक्त छन्। विनायकदेखि बेलखेत जाने क्रममा घुम्तीमा मोड्ने क्रममा ट्रयाक्टरको ट्रलीले लोड धान्न नसकेर दुर्घटना भएको प्रहरीले बताएको छ।