१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक : मन्त्री रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार सुनचाँदी व्यवसायलाई प्रवर्द्धन गर्न सकारात्मक रहेको बताएका छन्।

नेपाल रत्न तथा आभूषण संघको १८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै रिजालले यस्तो बताएका हुन्। संघले व्यवसायीको हकहित संरक्षणका साथै रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी राजस्वमा योगदान दिइरहेको उनले बताए।

‘रत्न तथा आभूषण व्यवसायमा संलग्न भई देशभर छरिएर रहेका व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको यस संघले व्यवसायीको हकहित संरक्षण कामका अलावा मुलुकमा रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निकासी अभिवृद्धि गरी मुलुकमा राजस्वमा योगदान दिइरहेको छ। नेपाल सरकारले पनि यस व्यवसायको प्रवर्द्धनका लागि सदैव सकारात्मक भूमिका खेल्ने विश्वास दिलाउन चाहन्छु,’ उनले भने।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुनचाँदी व्यवसायलाई परिष्कृत र पुरस्कृत गर्न जरुरी रहेको बताए। सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने कुरामा सरकारले ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो।