१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ५ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ५ शुक्रबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीको स्वास्थ्य ठीक पार्न सर्जरी नै आवश्यक छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ५ शुक्रबार १३:३९:oo

कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडेलले पार्टी संकटमा रहेको बताएका छन्। 

पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेता पौडेलले पार्टीको स्वास्थ्यमा समस्या रहेको र सिटामोलले काम गर्ने अवस्था नरहेको बताएका हुन्। 

उनले भने, ‘कांग्रेस संकटमा छ भनेर आत्ममूल्यांकन गर्न जरुरी छ। पार्टीको स्वास्थ्यमा समस्या छ। सिटामोलले काम गर्ने अवस्था छैन। कतिपय अवस्थामा सर्जरी नै आवश्यक छ।’

बहसमा आइरहेको ‘मास बेस्ड’ सदस्यता वर्गीकरण आवश्यक नभएको बताउँदै उनले  एकै प्रकारको सदस्यता बनाउनुपर्नेमा जोड दिए। 

‘संवैधानिक समावेशी प्रतिनिधित्व दुई सय एक सिटमा प्रत्यक्ष निर्वाचन गरौँ  र त्यहीँबाट समावेशी समानुपातिक प्रतिनिधित्व गरौँ। राष्ट्रिय सभामा ३५ पुर्‍याऔँ,’ उनले भने, ‘अब केन्द्रले लादेर होइन जनता र कार्यकर्ताले टिकट दिएर चुनाव जित्ने अवस्था बनाऔँ। एक व्यक्तिलाई कतिसम्म टिकटको मौका दिने भन्ने व्यवस्था गर्नुपर्छ।’ 

सरकारमा रहे पनि जस लिने गरी काम हुन नसकेको औँल्याउँदै सांसद पौडेलले ०८४ को निर्वाचनमा जाँदा यो–यो गर्‍याैँ भनेर मत देउ भन्ने स्थिति बनाउन सरकारमा सहभागी नेतालाई आग्रह गरे।