१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरा विश्वविद्यालय जनस्वास्थ्य संकायका विद्यार्थीद्वारा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

पोखरा विश्वविद्यालयका विद्यार्थीले गोरखाको पालुङटार नगरपालिका– ६ मा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम गरेका छन्। विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायअन्तर्गत स्कुल अफ हेल्थ एन्ड एलाएड साइन्सेज जनस्वास्थ्य कार्यक्रम स्नातक तेस्राे वर्षमा अध्ययनरत विद्यार्थीले पालुङटारमा सो कार्यक्रम गरेका हुन्।

एक महिनासम्म पालुङटार– ६ मा रहेर तथ्यांक संकलन गरी विद्यार्थीहरूले प्रारम्भिक सम्बन्ध विस्तार, उद्देश्य प्रस्तुति तथा सामाजिक नक्सांकन कार्यक्रम सम्पन्न गरी टोलटोलमा गएर तथ्यांक संकलन गरेका थिए। स्वास्थ्यका विभिन्न सूचकहरूका आधारमा तथ्यांक संकलन गरी एक महिनाको अवधिमा विभिन्न कार्यक्रम गरेर विद्यार्थीहरूले सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम सम्पन्न गरेका हुन्।

यस अवधिभरि विद्यार्थीले सामुदायिक सम्मेलन र सामाजिक नक्सांकन, ‘साइबरबुली’, महिनावारी स्वच्छतालगायतका विषयमा विद्यालय स्वास्थ्य कार्यक्रम, तीन सय ६० घरधुरीमा तथ्यांक संकलनलगायतका कार्य गरेका थिए।

विद्यार्थीले यस्तो कार्यक्रम गरेर वडालाई आगामी दिनमा यही तथ्यांक संकलन तथा रिपोर्टको आधारमा विभिन्न कार्यक्रम गर्न सजिलो हुने भएकाले विद्यार्थीलाई सम्पूर्ण वडाको तर्फबाट धन्यवाद दिँदै वडा अध्यक्ष चेतबहादुर गुरुङले आगामी दिनमा पनि आफ्नोतर्फबाट सकेको सहयोग गर्ने आश्वासन दिए।