१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जतिसक्दो छिटो परिषद्को बैठक राखेर न्यायाधीश नियुक्ति गर्छाैँ : प्रधानन्यायाधीश कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:२७:oo

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्यायपरिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताएका छन्। 

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उनले समयमा न्यायपरिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताए। 

प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फर्स्याेटमा कठिनाइ भएकाले जतिसक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको उल्लेख गरे। 

सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुन लागेको उल्लेख गर्दै उनले न्यायपरिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको बताए। 

उनले सर्वोच्च अदालतमा मुद्दा फर्स्याेट प्रक्रिया तीव्र रूपमा अघि बढाएको र अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फर्स्याेट गर्न सकिने बताए। 

आर्थिक वर्ष ०६७/६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार पाँच सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फर्स्याेट भइसकेको बताए। पुराना मुद्दालाई हप्ताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उनले उल्लेख गरे। 

प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने योजनाका साथ काम गरिरहेको र आफूले अनुगमनका क्रममा पनि मुद्दा फर्स्याेट प्रभावकारी तरिकाले भएको पाएको जिकिर गरे।