१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसी प्रदेश सरकार तत्काल भंग गर्न एमालेको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४o:oo

नेकपा एमालेले कोसी प्रदेश असंवैधानिक र अलोकतान्त्रिक तथा संसदीय अभ्यासविपरित गठन गरिएको भन्दै तत्काल भंग गर्न माग गरेको छ।

केन्द्रीय सचिवालयको शनिबारको बैठकले त्यस्तो माग गरेको हो। बैठकले सरकार भंग गरी नयाँ सरकार गठनका लागि संविधानसम्मत प्रक्रिया अघि बढाउन माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। बैठकले ६ वटा प्रस्ताव पास गरेको छ।

‘वर्तमान सत्तागठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थाहरूमा हस्तक्षेप गर्ने, तिनीहरूलाई विवादित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जगैदेखि खलबल्याउने काममा उद्दत छ। कोसी प्रदेश सभामा सत्तागठबन्धनबाट गरिएको संविधानविरोधी क्रियाकलाप यस शृंखलाको पछिल्लो कडीको रूपमा छ। 

नेपालको संविधानले सभामुख पदलाई निष्पक्ष र तटस्थ भूमिकामा रहेर व्यवस्थापिकाको नेतृत्व गर्ने संवैधानिक भूमिका तय गरेको छ। संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन। त्यसकारण सभामुख दलीय आबद्धताबाट अलग हुने प्रचलन छ। 

अझ सरकार गठन गर्ने वा हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनको विश्वव्यापी मूल्य मान्यता एवं हाम्रो आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ। 

नेकपा एमाले सत्तागठबन्धनका यस्ता असंवैधानिक कदमको भर्त्सना गर्दछ। असंवैधानिक ढंगले गठन गरिएको कोसी प्रदेश सरकार भंग गरी संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गर्दछ।’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ।