Skip This
राप्ती प्रतिष्ठानमा बालककाे मृत्यु : सहमतिपछि सेवा सुचारु 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
फाइल तस्बिर
२o८१ जेठ १५ मंगलबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्ती प्रतिष्ठानमा बालककाे मृत्यु : सहमतिपछि सेवा सुचारु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार १८:१६:oo

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ। अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विकास लामिछानेका अनुसार घोराही–३ का वडाध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ। 

समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउनेछ। शैक्षिक योग्यताअनुसार मृतकका नजिकका आफन्त एकजनालाई रोजगारी दिने  सहमति भएको लामिछानेले बताए। पीडित परिवारका लागि आर्थिक सहयोग जुटाइने भएको छ।  

सहमतिपछि बालकको शव आफन्तले बुझेका छन्। छारेरोगबाट पीडित ११ वर्षीय आक्रोश नेपालीको मृत्यु भएको थियो। 

उपचारमा लापरबाही गरेका कारण उनको ज्यान गएको मृतकका आफन्तजनले आरोप लगाएका थिए। उचित क्षतिपूर्तिको माग गर्दै उनीहरूले शुक्रबार दिनभर अस्पतालको सेवा अवरुद्ध पारेका थिए।

मृत्यु भएका बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले व्यहोर्न कार्यकारी परिषद्लाई सिफारिस गर्ने सहमति भएको उपकुलपति डा. लामिछानेले बताए। 

ad
ad