१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोसीमा खस्यो मालवाहक ट्रक, तीनजनाको सकुशल उद्धार

तीनजनाको सकुशल उद्दार, ट्रक निकाल्ने प्रयास जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

सुनसरीस्थित कोसी ब्यारेजमा शुक्रबार बिहान बससँगको ठक्करपछि एक ट्रक कोसीमा खसेको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे.१ख १७६५ नम्बरको बससँग कोसी ब्यारेजको पुलमा सो ट्रक ठोक्किएर कोसीमा खसेको थियो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे.१ख ३००७ नम्बरको ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए। प्रहरी र स्थानीयको सहयोगमा ट्रकमा सवार चालकसहित तीनजनाको नदीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

ट्रक निकाल्ने प्रयासमा प्रहरी

कोसीमा पानीको बहाव नघटेका कारण ट्रक निकाल्न समस्या भइरहे पनि केही जोखिमका बाबजुद निकाल्ने प्रयास भइरहेको एसपी ढकालले बताए।

‘केही जोखिमहरू छन्, पानीको बहाव पनि घटेको छैन,’ उनले भने, ‘क्रेनको मद्धतबाट भए पनि निकाल्ने प्रयास गरिरहेका छौँ।’ उनका अनुसार पुलको एक छेउको ड्याम भत्किनु, माथि हाइटेन्सन लाइन हुनु, पानीको बहाव नघट्नुले अलि जोखिम बढाएको छ। 

संयुक्त बैठक सकियो

शुक्रबार नै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाली सेना र ब्यारेज समितिबीच संयुक्त छलफलसमेत भएको छ। 

ब्यारेज क्षेत्रमा दुर्घटना हुन नदिन तथा कम गराउनका लागि संयुक्त छलफल गरेको एसपी ढकालले बताए। ‘संयुक्त बैठक बसेका छौँ, बैठकले भोलिका दिनमा ब्यारेज क्षेत्रमा कसरी सुरक्षित र व्यवस्थित बनाउने भन्ने विषयमा निर्णयहरू भएका छन्,’ उनले भने, ‘गति कम गर्न लगाउने, ओरभटेक नगर्न अनुरोध गर्ने, सूचना बोर्ड राख्नेलगायतका विषयमा छलफल भयो।’