१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २८ बिहीबार
  • Sunday, 11 May, 2025
२o८o असार २८ बिहीबार १३:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कलैया बजारमा नगर प्रहरी र व्यापारीबीच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २८ बिहीबार १३:४६:oo

कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीबीच झडप हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन्।

कलैया हाटबजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडकपेटीमा सामान राखी व्यापार गर्दा सर्वसाधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो। 
   
अवरोध हटाउन नगर प्रहरीले काम थालनी गरेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा  व्यापारी र नगर प्रहरीबीच झडप भएको थियो। व्यापारीको कुटाइबाट नगर प्रहरी उज्ज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिए। 

यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगन्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिए।  यादवको छातीमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ।  
 
यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझेका छन्। नगरपालिकाकोे निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उनले बताए।  

दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन्। सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी संघका अध्यक्ष दीपलाल साहले जानकारी दिए। रासस