१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २१:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

एपिएफलाई हराउँदै नेपाल पुलिस क्लब महिलातर्फको फाइनलमा

राष्ट्रिय भलिबल क्लब लिग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २१:o१:oo

नेपाल पुलिस क्लब सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको महिलातर्फ फाइनल पुगेको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आफ्नो चौथो खेलमा एपिएफलाई २५–१६, २५–१५ र २६–२४ को सोझो सेटमा हराउँदै पुलिसले प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । 

खेलअवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेकी मनीषा चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । आजको जितपछि पुलिस ४ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । 

पुलिसले अन्तिम खेल शुक्रबार न्यु डायमन्डसँग खेल्नेछ भने न्यु डायमण्ड र एपिएफमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन् । ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहेको न्यु डायमन्डले बिहीबार एपिएफसँग खेल्नेछ । उक्त खेलमा विजयी भए एक खेल अगावै फाइनल पुग्नेछ । 

ad
ad