१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

केबलकार सर्किटले पर्यटनमा नयाँ आयाम थपेको छ : अध्यक्ष ढकाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:३६:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार सर्किट पर्यटन क्षेत्रमा नयाँ आयाम हुने बताएका छन् । लुम्बिनी केबलकार लिमिटडले पाल्पाको वसन्तपुरमा गरेको भारतीय पत्रकारसँगको साक्षात्कारमा ढकालले नेपालमा एकपछि अर्को केबलकारहरू सञ्चालनमा आएकाले अब बुद्धिस्ट सर्किट, रामायण सर्किटजस्तै केबलकार सर्किट पनि नेपालको पर्यटन प्रवद्र्धनमा नौलो प्याकेज हुने बताएका हुन् ।  

नेपालको समृद्धिको मुख्य आधार पर्यटन भएकाले यसमा लगानी गरे दुवै देशका लगानीकर्ताले राम्रो प्रतिफल पाउने ढकालले बताए । आइएमई ग्रुपको अगुवाइमा अबको पाँच वर्षमा पाँचतारे होटेलसहितका थप चारवटा केबलकार निर्माण गरी सातवटै प्रदेशमा केबलकार सञ्जाल विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । नेपालमा सयौं पहाडी एरिया रहेका र त्यहाँ केबलकारलगायत पर्यटकीय पूर्वाधार बनाउन सके भारतीय नागरिक रमाउन आउने सम्भावना रहेको उनले बताए । 

कुल पाँच अर्ब लागतको २.६ किलोमिटर लामो लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरमा टप स्टेसन रहेको छ । टप स्टेसनमा कामाख्यादेवीसहित सय वर्ष पुरानो भगवती मन्दिर, शिववाहन नन्दीलगायतका धार्मिक संरचनाहरू रहेका छन् । 

लुम्बिनी केबलकार बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीनजिकै रहेकाले पाल्पा वसन्तपुरको मनोरम प्राकृतिक भूगोल, कामाख्यादेवीको मन्दिर दर्शनका लागि भारतीय नागरिक आकर्षित हुने गरेको ढकालले बताए । उनले पर्यटन, जलविद्युत्, खानी र खनिज पदार्थ, कृषिजस्ता क्षेत्रहरूमा भारतीयसँग संयुक्त लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा जोड दिए ।  
भारतीय पर्यटकलाई नेपाल आगमनका क्रममा सीमानाकामा गरिने व्यवहार सम्मानजनक हुनुपर्ने र प्रशासनिक झन्झटलाई सहज बनाइनुपर्ने उनको आग्रह थियो । सञ्चालनमा आएको एक महिनामै लुम्बिनी केबलकारमा चढ्ने कुल संख्यामध्ये ४० प्रतिशत भारतीय नागरिक भएको उल्लेख गर्दै अध्यक्ष ढकालले निकट भविष्यमै बेलहियाबाट बुटवल गोलपार्कसम्म सटल बसहरू सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए । केबलकारको टप स्टेसनमा रहेको कामाख्यादेवी, सय वर्ष पुरानो भगवती मन्दिरको दर्शका लागि नेपालीसँगै भारतीय नागरिकको आकर्षण रहेको उनको भनाइ थियो ।  

लुम्बिनी केलबकारको टप स्टेसनमा भारतीयलाई लक्षित गरी क्यासिनो, एक हजारजना क्षमताको बैंक्वेट हल र एक सय ५० कोठासहितको पाँचतारे होटेल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको अपरेसन म्यानेजर डिएन कायस्थले बताए ।