१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

लुम्बिनी सरकारले  साउनभित्र पूर्णता  पाउनेछ : मुख्यमन्त्री चौधरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:४८:oo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउनमा लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । प्रेस युनियन बाँकेले आइतबार नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा स्वागत कार्यक्रममा मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने काम राजनीतिक भएकाले राजनीतिक सहमतिमै सरकारलाई पूर्णता दिइने स्पष्ट पारे ।

सरकारले पूर्णता नपाए पनि सरकारको काममा कुनै असर नपरेको बताए । मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनको प्रवद्र्धन गरी आयआर्जनमा वृद्धि गर्ने नीति सरकारको भएको बताए ।

आर्थिक समृद्धिका लागि थारू जातिको कला, संस्कृति र सीपलाई पर्यटनसँग जोडेर लैजान बजेट, नीति तथा कार्यक्रम ल्याएको बताउँदै उनले बाँके, बर्दिया र दाङमा थारू भिलेजको अवधारणा ल्याइएको स्पष्ट पारे । ‘अहिले सरकारलाई पूर्णता दिनेभन्दा यहाँका जतालाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ,’ उनले भने ।

ad
ad