१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘शीर्ष तहको सहमतिबाट एमाले पछि हटेपछि संसद् बैठक स्थगित’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३५:oo

प्रतिनिधिसभाको आजको बैठक दिउँसो ३ बजे बस्ने भनिए पनि अन्ततः सोमबारसम्मलाई स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरी सोमबार ३ बजे बस्ने गरी आजको बैठक स्थगित भएको जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलमा एमालेले संसदमा आफ्ना कुरा राख्ने र प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने सहमति भएको थियो। तर, उक्त सहमतिबाट एमाले पछि हटेपछि आजको बैठक स्थगित भएको माओवादी र कांग्रेसका नेताहरूले बताएका छन्।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘केपी ओलीले शीर्ष तहमा छलफलपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने र सदन खुलाउने भने । पछि फेरि कुरा मिलेको छैन भनेपछि आज ३ बजेको बैठक स्थगित गरियो।’

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि शीर्ष तहको सहमतिबाट एमाले पछि हटेपछि बैठक स्थगित भएको प्रतिक्रिया दिएका छन्।

गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ।