१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
पत्रकार भेटघाटका क्रममा अछाम प्रहरी प्रमुख सन्तोष पाठकलगायत प्रहरी अधिकारीहरु ।
Invalid date format १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध नियन्त्रणमा आक्रामक बन्दै अछाम प्रहरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३९:oo

अछाम जिल्लामा पछिल्लो समय लागुऔषधको कारोबार बढ्न थालेपछि प्रहरीले त्यसको जालो भत्काउने अभियान थालेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा प्रहरीमा लागुऔषधको एउटा मात्रै मुद्दा दर्ता थियो भने आव ०७७/७८ मा दुई मुद्दा दर्ता भए। आर्थिक वर्ष ०७९/८० मा यो संख्या बढेर पाँच पुगेको छ। 

अहिलेसम्म पक्राउ परेका सात पुरुष र तीन महिला गरी जम्मा १० मध्ये तीनजनालाई कारागार चलान गरिएको छ भने ६ जना धरौटीमा छुटेका छन् । अर्का–एकविरुद्धको मुद्दामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए। ‘लागुऔषधको जालो डरलाग्दो गरी फैलियो,’ उनले भने, ‘यो भत्काउने अभियानमा छौँ।’

प्रहरी निरीक्षक विष्टका अनुसार लागुऔषधको सेवन र कारोबारमा विद्यालय र क्याम्पस पढ्ने २० देखि २५ वर्ष उमेर समूहका विद्यार्थी सबैभन्दा बढी संलग्न देखिन्छन् । उनीहरूले अफिम, नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सिभोन, नोर्फिन, कोडिनजस्ता लागुपदार्थ सेवन गर्ने गरेका पाइएको छ।

प्रहरीका अनुसार केही मेडिकल व्यवसायीले समेत लागुऔषध बेच्ने गरेको भेटिएको छ। उनीहरूमध्ये बान्नीगढीजयगढ गाउँपालिकाको दर्नाका एक मेडिकल व्यवसायीलाई ५० हजार जरिवाना तिराइएको छ । अन्य केही मेडिकल व्यवसायीमाथि निगरानी सुरु गरिएको विष्टले बताए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकले मदिरा, घरेलु हिंसा र विपतका घटनाले चुनौती थपिँदै गएका वेला लागुऔषधको कारोबार डर लाग्दो गरी बढेपछि प्रहरी पनि त्यसको जालो भत्काउन अभियानकै रूपमा अघि सरेको बताए। ‘अब हामी यो जालो तोड्छौँ,’ उनले भने, ‘नत्र यसले ठूलो रूप लिने खतरा छ।’

अछाम प्रहरी प्रमुखका रूपमा भर्खरै जिल्ला आइपुगेका प्रहरी नायब उपरीक्षक पाठकले पत्रकारहरूसँगको भेटमा लागुऔषध, मदिरा र घरेलु हिंसा नियन्त्रण गर्ने योजनका साथ आफूले काम थालेको बताए ।