१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पुँजीबजार फोरमको सदस्यमा धितोपत्र ब्रोकरका अध्यक्ष सागर ढकाल चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:४२:oo

पुँजीबजार फोरमको सदस्यमा सागर ढकाल चयन भएका छन्। धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजीबजार फोरमको सदस्यमा चयन भएका हुन्।

नेपालको पुँजीबजारमा डेढ दशकभन्दा बढी समयको अनुभव हासिल गरेका ढकाललाई उक्त फोरमको सभापति शैलेन्द्र गुरागाईंको सिफारिसमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यमा नियुक्त गरेका हुन्। 

लामो समयदेखि नेपालको पुँजीबजारलाई नजिकसँग बुझेका ढकालको नियुक्तिसँगै आगामी दिनमा पुँजीबजारलाई सुदृढ गर्दै सशक्त रूपमा अघि बढाउन मद्दत पुग्ने महासंघको विश्वास रहेको छ।

ढकाल भर्खरै मात्रै धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) को समेत अध्यक्ष हुन्। नयाँ ब्रोकरले लाइसेन्स अनुमति पाउनुमा ढकालको ठूलो योगदान छ। 

संसद्को अर्थ समितिले तत्काल ब्रोकर लाइसेन्स रोक्ने निर्णय गरेको अवस्थामा उनले उक्त समितिअन्तर्गतका हरेक संसद्लाई भेटी पुँजी बजारको दायरा र नयाँ ब्रोकरको सम्बन्धमा वास्तविकता बुझाएर सबैलाई नयाँ ब्रोकर लाइसेन्स दिलाउन सफल भएका थिए।

ढकालसँग हालसम्म आधा दर्जन वित्तीय संस्थामा संचालकको रूपमा रहेर काम गरेको अनुभव छ। व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका ढकाल कानुनविद्समेत हुन्। हाल उनी पाटन उच्च अदालतका बारको कार्यकारी सदस्यसमेत छन्। 

आफू पुँजीबजार फोरमको सदस्य भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोबल उकास्दै नेपालको सेयर बजारलाई थप सुदृढ र विश्वसनीय बनाएर अघि बढाउन पहल गर्ने बताए। 

‘हितग्राही खाताको आधारमा ५६ लाखभन्दा बढी लगानीकर्ता आबद्ध रहेको सेयर बजार अहिले शिथिल भएको छ,’ उनले भने, ‘आगामी दिनमा लगानीकर्ताको मनोबल उच्च बनाउँदै सेयर बजारको वृद्धि र विकासमा लाग्नेछु।’ जोय ग्रुपका अध्यक्ष रहेका ढकालको रएक दर्जनभन्दा बढी कम्पनीमा लगानी छ।