१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १८ सोमबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १८ सोमबार १६:११:oo

राष्ट्रिय सभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक–२०७९’ पारित भएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सो विधेयक पारित गरियोस् भनी राखेकाे प्रस्ताव बहुमतले पारित भएको हो।

बैठकमा सांसदहरूले आवश्यकता र औचित्यको आधारमा मात्रै थप विश्वविद्यालय खोल्न सरकारलाई सुझाव दिएका थिए। राष्ट्रिय सभाको अर्को बैठक असार १९ गते मंगलबार (भोलि) १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ।