१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १८ सोमबार
  • Monday, 12 May, 2025
२o८o असार १८ सोमबार १५:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टोकियोमा विस्फोट, चारजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १८ सोमबार १५:५१:oo

जापानको राजधानी टोकियोको सिम्बासीनजिकै सोमबार दिउँसो भएको विस्फोटमा परी चारजना घाइते भएका छन्।

स्थानीय प्रहरी विभागका अनुसार स्थानीय समयअनुसार अपराह्न ३ः१५ बजे जेआर सिम्बासी स्टेसनबाट करिब ३०० मिटरको दूरीमा रहेको आठतले भवनमा विस्फोटपछि आगलागी भएको थियो।

टोकियो नगर प्रहरी विभागका अनुसार विस्फोटमा परी चारजना सामान्य घाइते भएका छन्, जसमध्ये दुईजना पैदल यात्री र दुईजना रेस्टुरेन्टका कर्मचारी रहेका छन्। 

विस्फोट हुँदा घटनास्थलबाट निकै टाढासम्म विस्फोटको आवाज सुनिएको र त्यसपछि भवनको दोस्रो तलाको एउटा कोठाबाट धेरै टुक्राहरू उडिरहेको देखिएको थियो। आगो तीव्र गतिमा फैलनुअघि ग्यासको हल्का गन्धसँगै कोठामा धुवाँको मुस्लो देखिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

घटनामा घाइते भएका व्यक्तिहरूको कपाल र लुगाहरू आंशिक रूपमा जलेका छन्। अग्नि नियन्त्रक विभागका अनुसार भवनको दोस्रो र तेस्रो तला पूर्ण रूपमा जलेको छ भने आगो निभाउन करिब ३१ वटा दमकल पठाइएको छ।

घटनास्थल टोकियोको प्रमुख इन्टरचेन्ज रेलवे स्टेसनहरूमध्ये एक र गिन्जा किनमेल क्षेत्रबाट केवल १० मिनेटको पैदल दूरीमा धेरै कार्यालय, रेस्टुरेन्ट र आवासीय क्षेत्र रहेको सिम्बासी स्टेसनको ३०० मिटर पश्चिममा पर्छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।