१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले मनायाे पहिलाे वार्षिकोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४७:oo

शास्त्रीय संगीत तथा वाद्यवादनको अध्ययन तथा अध्यापन गराउने उद्देश्यले स्थापित अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले पहिलो वार्षिकोत्सव मनाएको छ।

काठमाडौंको नयाँ बस्तीस्थित ड्रिमहाउस इन्टरनेसनलमा विभिन्न सांगीतिक कार्यक्रमसहित स्थापनाको पहिलो वार्षिकोत्सव मनाएको हो। प्रतिष्ठानका संस्थापक त्रिभुवन विश्वविद्यालयका तबलाका प्राध्यापक अच्युतराम भण्डारी हुन्।

वार्षिकोत्सवका अवसरमा आयोजित संगीत कार्यक्रममा भण्डारीको नेतृत्वमा सात वर्षका बालकदेखि ७० वर्षका जेष्ठ प्रशिक्षार्थीको समूहले लेहरामा सामूहिक तबला बादन प्रस्तुत गरेका थिए। 

साना बालिकाहरूसहितको समूहले सरस्वती आर्केस्टा प्रस्तुत गरेका थिए भने कार्यक्रममा शास्त्रीय नृत्य पनि समावेश थियो। ‘प्रतिष्ठानका कामकारबाहीबारे जानकारी दिने र शास्त्रीय संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।

प्रतिष्ठानले शास्त्रीय संगीत सर्जक तारावीरसिंह तुलाधर, रामशरण श्रेष्ठ, प्रेमकृष्णराज कर्णिकारसमेतका वरिष्ठ कलाकारहरूलाई कदरपत्र र नगद पुरस्कारसहित सम्मान गरेको थियो।

सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेका ‘अमरत्व साधना’ र ‘आलेख’ नामक दुई पुस्तक पनि सार्वजनिक गरिएको थियो। पुस्तकको विमोचन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा र पूर्वउपराष्ट्रपति परमानन्द झाले संयुक्त रूपमा गरेका थिए।