Skip This
रुपन्देही क्रिकेट संघद्वारा क्रिकेट खेलाडी कल्याणकारी कोष स्थापना 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १२:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रुपन्देही क्रिकेट संघद्वारा क्रिकेट खेलाडी कल्याणकारी कोष स्थापना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

१० खेलाडीलाई मासिक ५ हजार प्रोत्सान भत्ता दिइने

रुपन्देही क्रिकेट संघले खेलाडी कल्याणकारी कोषको स्थापना गरेको छ। संघका अध्यक्ष हरिबहादुर थापाले  आफ्ना स्वर्गीय पिताको स्मृतिमा १ लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरेका हुन्।

यो कोषमा सहयोग गर्न चाहने अन्यले पनि सहयोग गर्न सक्ने थापाले बताए । क्रिकेट खेलाडीको संरक्षण तथा सम्मानका लागि खेलाडी कल्याणकारी कोष स्थापना गरिएको उनको भनाइ छ। त्यसैगरी संघले १० जना क्रिकेट खेलाडीलाई आर्थिक वर्ष २०८०÷०८१ का लागि मासिक ५ हजारका दरले सहयोग गर्ने गरी रकम व्यवस्थापन गरेको छ।

खेलाडी कल्याणकारी कोष–२०८० मा रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । त्यस्तै, सियारी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अरुणकुमार शाहीले आफूले पाउने मासिक तलबवापत पाउने रकमबाट मासिक २६ हजार रुपैयाँ आफ्नौ कार्यकाल भरी सहयोग गर्ने घोषणा गरे । त्यसैगरी वडा नम्बर २ का अध्यक्ष जर्नादन यादवले मासिक १० हजारका दरले कल्याणकारी कोषमा जम्मा गर्ने बताए। वडा अध्यक्षद्वयले उक्त रकम आगामी ४ बर्षसम्म दिने छन्।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले २५ हजार रुपैयाँ कोषमा सहयोग गरेकी छन्। सिद्धार्थनगर– ३ का वडाअध्यक्ष नारायणप्रसाद उपाध्याय र रुपन्देही क्रिकेट संघका सदस्य विनय ज्ञवालीले १० हजार रुपैयाँ कोषलाई उपलब्ध गराउने भएका छन्।

त्यसैगरी भैरहवाका ब्यवसायी हरिश सेठिया र सुनिल सेठियाले पवन सेठिया मेमोरियल तीनदिवसीय क्रिकेट प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजन रहने गरी क्रिकेट संघबीच सम्झौता भएको थियो। लुम्बिनी नेत्रालयसँग खेलाडीहरुको उपचारमा ५० प्रतिशत छुट गर्ने बिषयमा पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

गाउँपालिका अध्यक्ष घिमिरेले क्रिकेट खेल र खेलाडीको विकासका लागि आर्थिक सहयोग गर्ने घोषणा गर्दै रुपन्देही क्रिकेटका लागि उर्भरभूमि भएकाले त्यसको विकास र संरक्षणका लागि राज्यस्तरबाट पनि पर्याप्त सहयोग पाउनुपर्नेमा जोड दिए।

वडाअध्यक्ष शाहीले क्रिकेट खेलको आकर्षण थप उचाईमा पुर्याउन सहयोग गरेको बताए। वडाअध्यक्ष यादवले क्रिकेट क्षेत्र र खेलाडीको विकास, उज्जवल भविष्यको निर्धारणका लागि खेलाडी कल्याणकारी कोषमा रकम दिने निर्णय गरेको बताए।