१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

वार्षिकोत्सवमा कोसी प्रदेश उद्योग परिसंघका विभिन्न कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

नेपाल उद्योग परिसंघ कोसी प्रदेशले स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसर पारेर विभिन्न रचनात्मक र मानवीय सेवाका कार्यहरू गरेको छ । परिसंघले कोसी प्रदेशको सचिवालयअगाडि धरान–विराटनगरको बरगाछी दक्षिणको सडकखण्डमा धुपीका बिरुवा वृक्षारोपण गरिएको जनाएको छ ।उक्त सडकखण्डमा रहेको डिभाइडर एरियासम्म नेपाल उद्योग परिसंघ कोसी प्रदेशले वृक्षारोपण गर्ने र हेरचारको सम्पूर्ण जिम्मा परिसंघले लिने निर्णय गरेको जनाइएको छ । 

स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम तिनटोलीयाका आश्रितहरूलाई परिसंघको तर्फबाट साँझको भोजन पनि गराइएको परिसंघले जनाएको छ । यी दुवै कार्यक्रमहरू नेपाल उद्योग परिसंघ कोसी प्रदेशका अध्यक्ष भीम घिमिरेको अध्यक्षतामा परिसंघका अधिकांश पदाधिकारी सदस्यको सहभागितामा भएको उल्लेख छ । 

स्थापना दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले सामाजिक संस्था तथा व्यावसायिक संस्थाहरूमा एकैजनाले दोहोरो भूमिकामा रहनु संस्थागत विकासमा बाधा हुने विषयमा आफू स्पष्ट रहेको बताए । 

प्रदेश परिसंघको अध्यक्षको कार्यकाल एक वर्षभन्दा बढी बाँकी नै रहे पनि आफू हालै परिसंघको केन्द्रीय अविधेशनमा केन्द्रीय उपाध्यक्ष पदमा निर्वाचित भई कार्यभार सम्हालिसकेको हुँदा अब आगामी असोज महिनामा परिसंघको साधारणसभा आह्वान गरी प्रदेशको नेतृत्व हस्तान्तरण गर्ने उनले जानकारी दिए । सभामा परिसंघका गतिविधि, प्रतिवेदनहरू महानिर्देशक विजयहरि शर्माले प्रस्तुत गरेका थिए ।