१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यसपटक विगतको जस्तो मल अभाव हुँदैन : लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o७:oo

राष्ट्रिय  स्वतन्त्र पार्टीका सभापति एवं चितवनका सांसद रवि लामिछानेले  विगतमा जस्तो यसपटक रासायनिक मलको अभाव नहुने बताएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा भरतपुर– ६ मा रहेको लेक ट्वान्टी फार्म एन्ड रिट्रिटमा आयोजित धान महाेत्सव २०८० को अन्तर्क्रिया कार्यक्रम बोल्दै उनले प्रतिपक्षमा बसेर पनि जनताको काम काम गर्न सकिने बताउँदै मलको अभाव पहिलेको जस्तो नहुने बताएका हुन् । 

लामिछानेले भने, ‘म विजयी भएपछि पहिलोपटक मल डिपो र बिक्री केन्द्रमा अन्तर्क्रिया गरेको थिएँ । अहिले मलको केही सहज भएको रिपोर्टिङ पाएको छु । यसबारे थप बुझ्ने पनि छु ।’

लामिछानेले मल खरिद गर्दा किसानले लालपुर्जा र नगरिकताको फोटोकपी देखाउनुपर्ने बाध्यता हटाएर सहज बनाउन पहल गर्ने पनि बताए । उनले चितवनको जग्गा प्लटिङ  गरेर बिगार्न नदिन नीतिगत पहल गर्ने  बताए । किसानका लागि केन्द्रित गरेर चाँडै नै कृषि मेलाको आयोजना गर्ने लामिछानेले बताए ।