१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १४ बिहीबार
  • Friday, 09 May, 2025
२o८o असार १४ बिहीबार १८:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघका उपमहासचिवद्वारा लुम्बिनी भ्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार १४ बिहीबार १८:१४:oo

संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन–पियरे ल्याक्रोइक्सले बिहीबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्। भ्रमणमा आएका उपमहासचिव पियरेलाई लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राई, सूचना अधिकारी राजन राई, बोर्ड सदस्य विश्वराज पौडेललगायतको टोलीले उमहासचिवलाई लुम्बिनीमा खादा ओढाएर स्वागत गरेका थिए।

सो क्रममा कोषका उपाध्यक्ष मैत्तयले लुम्बिनीको अवस्थाका बारेमा जानकारी गराएका थिए। राष्ट्र संघको शान्ति सेना विभाग हेर्ने उपमहासचिवले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुसी लागेको बताए। उनले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघले सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

उपमहासचिव ल्याक्रोइक्सले मायादेवी मन्दिर, शान्ति दीप, थाई, कम्बोडियन फ्रान्स र भियतनाम गुम्बाहरूको भ्रमण गरेका थिए। उनी ४ दिवसीय भ्रमणका क्रममा नेपाल आएका हुन्। भ्रमणमा नेपाली सेनाको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी ताराध्वज पाण्डे, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीसहित नेपाली सेनाका रथीहरूको पनि उपस्थिति रहेको थियो।