१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँजागाडका सबै घरमा खानेपानीका धारा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o४:oo

जुम्लाको हिमा गाउँपालिका– ५ बाँजागाड गाउँका सबै घरधुरीमा खानेपानीको धारा पुगेको छ।

युरोपियन युनियन र फिनल्यान्ड सरकारबाट प्राप्त आर्थिक सहयोगमा १३६ घरधुरीमा खानेपानीको धारा पुर्‍याइएको गाउँपालिकाले जनाएको छ। बाँजागाडको जनसंख्या ९३९ छ।

फिनल्यान्ड सरकार र युरोपियन युनियनको ७६ लाख ७ हजार सात सय ८६ रुपैयाँ १६ पैसा तथा गाउँपालिकाको ७ लाख ६७ हजार ७ सय ८६ रुपैयाँ लगानीमा बाँजागाडका यी घरमा खानेपानीका धारा पुगेको हो। यसमा १४ लाख ५८ हजार ७९४ रुपैयाँबराबरको श्रमदान रहेको छ।

०७९ फागुन ४ गते सम्झौता गरिएकोमा लक्ष्यअनुसार नै काम सम्पन्न भएको गाउँपालिका सुस्वा संयोजक सुमित्रा शाहीले जानकारी दिइन्। हिमाका प्रत्येक घरमाधारा पुर्‍याउने लक्ष्यअनुसार ‘एक घर, एक धारा’ परियोजना लागू गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए।