१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
एजेन्सी लन्डन
२०८० असार १३ बुधबार ०७:१२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वेस्टह्यामले अस्वीकार गर्‍यो म्यानचेस्टर सिटीको प्रस्ताव

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
२०८० असार १३ बुधबार ०७:१२:००

गत सिजनमा तेहरो उपाधि जितेको म्यानचेस्टर सिटीले कप्तानीका लागि डेक्लन राइसलाई राखेको ९० मिलियन पाउन्डको प्रस्ताव वेस्टह्यामले अस्वीकार गरेको छ । सन् २०२२/०२३ को सिजनमा सिटीले युरोपियन च्याम्पियन्स लिग, एफए कप तथा इंग्लिस प्रिमियर लिग जितेको थियो । सन् १९९९ मा म्यानचेस्टर युनाइटेडपछि ‘ट्रेबल’ उपाधि जित्ने सिटी दोस्रो इंग्लिस क्लब हो ।

सिटीले प्रभावशाली कप्तानका रूपमा राइसलाई भित्र्याउन कोसिस गरेको हो । यसका लागि सिटीले प्रारम्भिक ९० मिलियन पाउन्ड प्रस्ताव वेस्टह्यामसमक्ष राखेको एजेन्सीले जनाएको छ । तर, वेस्टह्यामले आफ्ना कप्तान राइसलाई कम्तीमा सय मिलियन पाउन्डको प्रस्ताव नआउँदा अन्य क्लबमा बिक्री नगर्ने जनाएको छ । 

यसैगरी, राइसलाई भित्र्याउन प्रिमियर लिगको दोस्रो स्थानमा रहेको आर्सनल पनि पछि लागेको छ । आर्सनलले २४ वर्षीय इंग्लिस मिडफिल्डर राइसलाई सिटीको भन्दा बढी रकम प्रस्ताव राख्ने सम्भावना छ । यद्यपि, आर्सनलले राइसका लागि प्रारम्भिक प्रस्तावका रूपमा ७५ मिलियन पाउन्ड राख्नेछ । साथै, बोनसका रूपमा राइसलाई आर्सनलले थप १५ मिलियन पाउन्ड दिने सम्भावना रहेको छ ।

सिटीले डेक्लन राइस भित्र्याउन राखेको ९० मिलियन पाउन्डको प्रस्ताव वेस्टह्यामले अस्वीकार गरेको हो । वेस्टह्यामले सय मिलियन पाउन्डमा मात्र आफ्ना खेलाडीलाई बिक्री गर्ने जनाएको छ । 

सन् २०२४ को अन्त्यमा राइस र वेस्टह्यामबीचको सम्झौता समाप्त हुनेछ । वेस्टह्यामले राइसलाई थप एक वर्ष सन् २०२५ सम्म क्लबमै राख्ने इच्छा देखाएको छ । तर, कुनै पनि युरोपियन क्लबले आफ्ना स्टार खेलाडीमाथि सय मिलियन पाउन्ड खर्चिंदा बिक्रीमा रहेको वेस्टह्यामले स्पष्ट पारेको छ । 

 रुवेन एसी मिलानमा
चेल्सीका मिडफिल्डर रुवेन लोफट्स सिरी ए क्लब एसी मिलानमा आबद्ध भएका छन् । २७ वर्षीय रुवेनले १० पटक इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका छन् । चेल्सीले रुवेनलाई युवा अवस्थामै क्रिस्टिल प्यालेस र फुलहामबाट लोनमा भित्र्याएको थियो । चेल्सीमा रहँदा रुवेनले फिफा क्लब विश्वकप, युएफए सुपर कप तथा दुईपटक प्रिमियर लिग जितेका थिए । सोमबार मात्र चेल्सीका काउलिबाय साउदी अरेबियाको प्रो लिगअन्तर्गत अल हिलालसँग आबद्ध भएका थिए ।