१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० असार ११ सोमबार १२:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलित युवकमाथि कुटपिट गर्ने चन्द्रनगरका जनप्रतिनिधिमाथि कारबाही गर्न माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार ११ सोमबार १२:२१:००

सर्लाहीमा वडाध्यक्ष, कार्यपालिका सदस्य र कार्यपालिका सदस्यका श्रीमानलगायत मिलेर दलित युवकमाथि कुटपिट र अमानवीय व्यवहार गरेकोप्रति जातीय विभेद तथा छुवाछुत अनुगमन समितिले विराेध जनाएको छ।

चन्द्रनगर गाउँपालिका– ६ नाढीमन तालमा अवस्थित गाउँपालिका कार्यालयअगाडि कार्यपालिका सदस्य रवीन्द्र सिंह, मोलाजिम मन्सुर (कार्यपालिका सदस्यको श्रीमान्) र वडाध्यक्ष राजीव सिंह मिलेर पुनीत पासवानलाई कुटपिट गरी ज्यान मार्ने धम्की दिएकाप्रति समितिले विज्ञप्ति जारी गर्दै विरोध जनाएको हो।

उपभोक्ता समितिमा दलितलाई राख्ने विषयमा छलफल चलिरहँदा मोबाइल रेकर्डको बहाना गरी कार्यपालिका सदस्य रवीन्द्र सिंह र मोलाजिम मन्सुरले कुटपिट गर्दा बचाउनुको साटो वडा नम्बर ५ का वडाध्यक्ष सुवंश रायले दलित पुनीत पासवानलाई कुटपिट गरेको र उपाध्यक्ष गीतादेवी महतोले समेत मार्ने कुरा गरेको उल्लेख गर्दै समितिले उक्त कार्यलाई लज्जास्पद र घृणित भनेको छ।

‘सार्वजनिक पद धारण गरेका व्यक्तिले सार्वजनिक स्थलमा सानो जातको दलित ठानेर कुटपिट गर्ने कार्यपालिका सदस्य रवीन्द्र सिंह र कार्यपालिका सदस्यका श्रीमान् मोलाजिम मन्सुरसहितको व्यक्तिलाई कारबाहीको माग गर्दछौँ। कारबाही नहुन्जेलसम्म हामी सम्पूर्ण दलित सशक्त रूपमा आन्दोलन गर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।