१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण  सुरु भएको छ। बिहीबार साँझबाट वासिङ्टन डिसी मेरिल्यान्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो।

महोत्सवमा अभिनेता राजेश हमाल विशेष अतिथिको रूपमा उपस्थित भएका थिए। हमालले आफू चलचित्र महोत्सवमा उपस्थित भएर नेपाली डायस्पोरालाई भेट्न पाउँदा खुसी व्यक्त गरे। उनले यो महोत्सवले नेपाली समुदायलाई जोड्न र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताए।

‘फिल्म फेस्टिभल नेपाली समुदायलाई जोड्ने माध्यम हो । नेपाली डायस्पोरालाई अनुरोध गर्छु, यसलाई सहयोग गर्नुस्, यसलाई हातेमालो गर्नुस्। किनभने फिल्मले तपाईको दैनिकी वा जीवनलाई कुनै न कुनै हिसाबबाट सम्बोधन गर्छ, उत्प्रेरणा दिन्छ। त्यसैले, यस्तो कलालाई नेपाली डायस्पोराले साथ र सहयोग गर्नुपर्छ,’ उनले भने।
 
जुन २२ देखि २५ सम्म चल्ने चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी ११ देशका ३७ चलचित्र प्रदर्शन हुँदै छ। महोत्सवमा छनोट भएका चलचित्र ओल्ड ग्रिनवेल्ट थियटरमा पनि प्रदर्शन हुने जनाइएको छ।

महोत्सवमा निर्देशक सुवर्ण थापाको उपस्थितिमा ‘द सेक्रेट अफ राधा’को विशेष प्रदर्शन हुने आयोजकले जनाएको छ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।

त्यस्तै, महोत्सवको दौरान चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल हुनेछ । महोत्सवका निर्देशक युवाकार राजकर्णिकारका अनुसार अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ।