Skip This
गत चैतदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको उत्पादन सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ६ बुधबार
  • Saturday, 27 July, 2024
२o८o असार ६ बुधबार १३:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गत चैतदेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगको उत्पादन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ६ बुधबार १३:५५:oo

गएको चैत महिनादेखि बन्द रहेको उदयपुर सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ। पूर्ण रूपमा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड उदयपुरले बुधबारदेखि क्लिंकर उत्पादन सुरु गरेको हो। 

गएको वर्षदेखि अधिकांश समय बन्द हुँदै सञ्चालन हुँदै आएको उद्योग गत वर्ष चैत २९ गते न्यु आयन सप्लायर्स भैरहवाले सुनसरीको इटहरीबाट दुई ट्रक गरी ४२ टन कोइलामा भुस मिसिएर आएपछि सोही समयदेखि उद्योग बन्द रहेको थियो। 

उद्योगका निमित्त महाप्रबन्धक उमाशंकर आनन्दले उद्योगले क्लिंकर उत्पादन सुरु गरेको बताए। उनले भने, ‘बुधबार बिहानदेखि उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ।’

यसबीचमा २९ महिना उद्योगमा महाप्रबन्धकको जिम्मेवारी सम्हालेका गोपीकृष्ण न्यौपानेले राजीनामासमेत दिएका छन्। उद्योग सञ्चालनमा सरकारले सहयोग नगरेको भन्दै न्यौपानेले राजीनामा दिएका थिए। 

उदयपुर उद्योग सञ्चालन समितिका अध्यक्ष केशवकुमार बस्नेले गएको सोमबार एक बैठक राखेर उद्योग सञ्चालनमा ल्याएको बताए। उनले भने, ‘गएको चैत महिनामा जम्मा तीन दिन चलेर बन्द भएको थियो। आज बुधबारदेखि उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ।’

तत्कालीन महाप्रबन्धक न्यौपानेले नै बन्द गएको उद्योग राजीनामा दिएपछि पुनः सञ्चालनमा आएको उदयपुर सिमेन्ट उद्योगका अध्यक्ष बस्नेतको भनाइ छ। उनका अनुसार यसअघि नै पटक–पटक उद्योग सञ्चालन गर्न पहल गरिए पनि महाप्रबन्धक न्यौपानेले रोक्दा बन्द हुन पुगेको थियो।

दैनिक आठ सय टन क्षमताको उद्योगबाट औसतमा ६ सय टनसम्म सिमेन्ट उत्पादन हुँदै आएको थियो। न्यौपानेले २९ महिना उद्योगको जिम्मेवारी सम्हाल्दा एक अर्ब नौ करोड रुपैयाँ व्ययभार थपिएको छ। 

उद्योगमा कार्यरत कर्मचारी र उदयपुरका स्थानीयले महाप्रबन्धक न्यौपानेका कारण उद्योगमा निरन्तर क्षति पुगेको भन्दै पदबाट हटाउन माग राखी चरणबद्ध आन्दोलन गर्दैै आएका थिए।