१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार ५ मंगलबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

फेवातालको अतिक्रमित संरचना भत्काउन सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ५ मंगलबार ०९:४५:००

फेवाताल अतिक्रमणको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउँदै अतिक्रमित क्षेत्रको संरचना भत्काउन आदेश दिएको छ । सोमबार सर्वोच्चको संयुक्त इजलासले अन्तिम आदेश दिँदै अवैध संरचना खाली गर्न आदेश दिएको हो । 

अधिवक्ता खगेन्द्र सुवेदीले दायर गरेको तीनवटा रिटमाथि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयालको इजलासबाट यस्तो आदेश आएको हो । सुवेदीले दायर गरेको दुईवटा उत्प्रेषण र एउटा अदालतको अवहेलनासम्बन्धी मुद्दामा सोमबार फैसला भएको छ । १६ साउन ०७६ मा दर्ता भएको अवहेलना मुद्दामा मागदाबी नपुग्ने फैसला भए पनि बाँकी दुवै रिट जारी भएका छन् ।