१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनोहरामा दिसाजन्य फोहोर फाल्नेलाई ललितपुर महानगरद्वारा ५० हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्यांकीको दिसाजन्य फोहोर ल्याएर च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरले ५० हजार जरिवाना तिराएको छ। 

बा ३ ख २८० र बा ३ ख ९४०३ नम्बरको कन्टेनरले खोलामा दिसा फालेपछि महानगरले जरिवाना गरेको हो। महानगरको फोहोर व्यवस्थापन ऐन ०७५ को दफा २४ (६)अनुसार जरिवाना तिराइएको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए। २४ जेठमा नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो। दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले कारबाही गरेको हो।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टिबाट ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए। त्यसबापत प्रतिकन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीको फोहोर फाल्न दिने गरेको हाछेथुले जानकारी दिए।