१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० असार ३ आइतबार १७:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्मी र रोपाइँको वेला अघोषित लोडसेडिङ नगर्न सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असार ३ आइतबार १७:१७:००

नेकपा एमालेका सांसद तारा लामा तामाङले तराईमा गर्मी बढिरहेको र रोपाइँको सिजन चलिरहेका वेला अघोषित लोडसेडिङ नगर्न माग गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै तामाङले भने, ‘कञ्चनपुर जिल्लाको बेलडाँडी, लालझाडी, बेलौरी र पुनर्वास क्षेत्रमा अघोषित लोडसेडिङ र विद्युत् आएको वेला पनि पावर डिमको कारण यस्तो तराईको गर्मी र रोपाइँको वेला सो क्षेत्रका जनताहरूले ठूलो सास्ती व्यहोर्नुपरेकोले सो समस्यालाई छिटोभन्दा छिटो समाधानको लागि सम्बन्धित निकायसँग जोडदार माग राख्छु ।’

तामाङले देशभरका सामुदायिक विद्यालयका कर्मचारीहरूको यथोचित मागबारे सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने भने पनि बजेटले सम्बोधन नगरेकोले उनीहरूको मागलाई तुरुन्त सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

सांसद तामाङले अविरल वर्षाको कारण कोसी प्रदेशमा आएको बाढी र पहिरोको कारण २५ जना बेपत्ता र ठूलो धनजनको क्षति भएकोप्रति दु:ख व्यक्त गर्दै प्रभावकारी खोज उद्धार गर्न र थप क्षति हुन नदिन विशेष सतर्कताका साथ प्रभावकारी कदम चाल्न पनि माग गरे ।