१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २ शनिबार २१:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेमातहत सम्पर्क समन्वय कमिटीको बृहत् रक्तदान  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २ शनिबार २१:५३:oo

एमालेमातहत सम्पर्क समन्वय कमिटीले शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा दुई सय ३८ दाताले रक्तदान गरेका छन्।

प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसमा भएको रक्तदानमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रसुवा, मकवानपुर र चितवनदेखिका दाता सहभागी भएका थिए।

कार्यक्रममा सबै गरी दुई सय ३८ पिन्ट रगत संकलन भएको र संकलित सबै रगत नेपाल रेडक्रस सोसाइटीलाई दिइएको समन्वय कमिटीमातहत सामाजिक सेवा विभागका प्रमुख राम पाण्डेले बताए। 

 

उनले भने,‘मुलुकमा रगतको माग ठूलो छ। तर, आपूर्ति निक्कै कम छ । थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्यले हामीले रक्तदान कार्यक्रम आयोजना गर्‍यौँ । उत्साहजनक सहभागिता भयो । सबै गरी दुई सय ३८ पिन्ट रकम संकलन भयो । संकलित रकम रेडक्रसलाई हस्तान्तरण गर्‍यौँ। 

तथ्यांकअनुसार मलुकभर दैनिक १२ सय पिन्ट रगत आवश्यक पर्छ । उपत्यकाभित्र मात्रै दैनिक तीन सयदेखि चार सय पिन्ट रगत आवश्यक पर्छ। तर, संकलन मुस्किलले ६ सय पिन्ट हुन्छ । त्यसो हुँदा मुलुकभर रगतको सधैँ हाहाकार हुने गर्छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार रगत अभाव हुन नदिन प्रत्येक वर्ष कुल जनसंख्याको कम्तीमा दुई प्रतिशतले रगत दान गर्नुपर्छ । तर, नेपाल प्रत्येक वर्ष कुल जनसंख्याको ०.८ प्रतिशतले मात्रै रगत दान गर्ने गर्छन्।