१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनले कार्यकक्षमा 'ग्रेटर नेपाल'को नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया : पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

नेकपा(एमाले)का सांसद रघुजी पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु भारतको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया भएको बताएका छन्।

बिहीबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले यस्तो बताएका हुन्। भारतले नेपालको भूमी समावेश गराएर नक्सा राख्नु आपत्तिजनक भएको उनले बताए।

‘बालेनजीले नक्सा राख्नुलाई म के भनेर बुझ्छु भने भारतले गरेको हेपाहा व्यवहारविरुद्धको प्रतिक्रिया हो । तर, उनीहरूको भन्दा हाम्रो नक्सा अलि संयमित छ। बालेनले राखेको नक्सामा सुगौली सन्धिअगाडिको नेपाल भनेर फरक रङमा छ । अहिलेको नेपाल भन्ने फरक रङमा छ। सुगौली सन्धिअगाडिको नेपाल र अहिलेको नेपाल छुट्टिन्छ । खाली पहिलेको नेपाल कत्रो रहेछ भनेर ऐतिहासिक नक्सा हो। भारतको नक्सामा छुट्टिदैन। हेर्ने मान्छे झुक्किन्छ। अहिलेकै भारत यत्रो हो कि भनेर। त्यो त झन् आपत्तिजनक कुरा भयो।’