१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३२ बिहीबार
  • Friday, 09 May, 2025
मोहन विष्ट कञ्चनपुर
२o८o जेठ ३२ बिहीबार १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोधारा–चाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने नाै भारतीय पक्राउ

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o जेठ ३२ बिहीबार १२:१८:oo

कञ्चनपुरको सीमावर्ती दोधारा–चाँदनीमा अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएका नाै भारतीय पक्राउ परेका छन्। लामो समयदेखि एकछत्र अवैध रूपमा मापदण्डविपरीत औषधि बेचबिखन गर्दै आएका भारतीय औषधि व्यवसायीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।

अवैध रूपमा मेडिकल सञ्चालन गरेर जनस्वास्थ्यमा खेलवाड गर्दै आएका नाै भारतीयलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए। सूचना अधिकारी गिरीले दोधारा–चाँदनी नगरपालिका क्षेत्रबाट अवैध औषधि एवं उपचार सामग्रीसहित उनीहरूलाई पक्राउ गरेको बताए।

सूचना अधिकारी गिरीका अनुसार दोधारा–चाँदनी नगरपालिका– १ मिलन चौराहमा अनुमति नलिई औषधि पसल सञ्चालन गर्दै आएका भारत उद्धमसिंह नगर कुतियाकभरका ३८ वर्षीय निवास गाइन, दोधारा–चाँदनी– ३ श्रेष्ठ चौराहमा अवैध रूपमा मेडिकल सञ्चालन गर्ने उद्धमसिंह नगर खटिमा बस्ने ३२ वर्षीय कार्तिक सरदार, सोही ठाउँ घर भएका ४९ वर्षीय निरञ्जन अधिकारी, उद्धमसिंह नगर खटिमा बस्ने २५ वर्षीय भूपेन्द्र पुरी पक्राउ परेका हुन्।

त्यसैगरी, दोधारा–चाँदनी– ४ लठघाट चौराहमा पसलको नाम नराखी अनुमतिविनै औषध पसल सञ्चालन गर्दै आएका पिलिभित रानीकलौनी पोस्ट मजौलाका ४४ वर्षीय सुधांशु हल्दार, उद्धवसिंह नगर खटिमा बस्ने २३ वर्षीय रवि विश्वास र दोधारा–चाँदनी– ७ कञ्चनभोजमा अनुमतिविनै मेडिकल सञ्चालन गरेका भारत उद्धवसिंह नगर खटिमा बस्ने २६ वर्षीय सञ्जय विश्वास, ४६ वर्षीय राजेश विश्वास र ४५ वर्षीय सन्तोष सरकार पक्राउ परेका छन्। 

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कमल थापाले लामो समयदेखि अवैध रूपमा मेडिकल सञ्चालन गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरिएको बताए।