१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३१ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३१ बुधबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन बेस पाँच ठाउँमा स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३१ बुधबार १६:o२:oo

सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न पाँच ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। थप दुई ठाउँमा केही दिनभित्रै स्थापनाको तयारी छ। 

धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको सुरक्षा बेसलाई विपत् व्यवस्थापन बेसको रूपमा स्तरोन्नति गरिएको छ। 

यस्तै, म्याग्दीस्थित बेनीमा रहेको आश्रित गुल्म तथा डडेल्धुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपत् व्यवस्थापन बेस स्थापनमा गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

आदमघाट र निजगढमा सशस्त्र प्रहरी नायब उपरीक्षक र बेनी, मुलघाट तथा अमरगढीमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा आवश्यक सामानसहित विपत् व्यवस्थापन तालिमप्राप्त जनशक्ति तैनाथ गरिएको उनको भनाइ छ।  

यसका साथै  दाङको भालुवाङ र सुर्खेतको चिप्लेमा एक–दुई दिनभित्रै बेस स्थापनाको तयारी  छ। 

भालुवाङमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ ज्वालामाई गणमा अट्याच रहने र  सुर्खेतको चिप्लेमा यसअघि नै रहेको सुरक्षा बेसलाई स्तरोन्नति गरी विपत् व्यवस्थापन बेस स्थापना गर्न लागिएको हो। 

स्थापना भइसकेका विपब् व्यवस्थापन बेसमा आवश्यक सामान र जनशक्ति तैनाथ  अन्य ठाउँमा पठाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरी बल नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई ती ठाउँमा परिचालन गरेको हो।