१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आइएमई २३औँ वर्षमा : प्रविधिको प्रयोगमार्फत रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाउने प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२५:oo

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ।

‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरू, आबद्ध कम्पनीहरूका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू, व्यवस्थापन प्रमुखहरूलगायत कर्मचारीहरूको उत्साहजनक उपस्थिति थियो।

कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गर्दै यस यात्रामा निरन्तर सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे। ग्राहकको रोजाइ, आवश्यकता तथा बजार गतिशील भइरहेको उल्लेख गर्दै उनले अत्याधुनिक प्रविधिको प्रयोग गरी रेमिट्यान्स सेवालाई अझ परिष्कृत, सहज र सुरक्षित बनाउँदै लैजाने बताए।

सो अवसरमा आइएमई लिमिटेडका सञ्चालक तथा आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पोखरेलले डिजिटल अर्थतन्त्रको इकोसिस्टम प्रर्वद्धन गरी फिनटेकको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र विविधीकरणतर्फ लैजाने बताए।

त्यसैगरी, उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई कार्यक्रममा स्वागत गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता तथा साझा मूल्य र मान्यतालाई आफ्नो मुख्य कार्यदिशा बनाई सेवा प्रवाह गरिरहेको आइएमई आफ्ना विविधीकृत सेवाहरूको माध्यमबाट आमनागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने बताए।