१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १५:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरे अतिक्रमणले सुक्न थाले चापाकल

संघले संरक्षणमा करोडौं खर्चँदा अतिक्रमण गर्दै स्थानीय सरकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१४:oo

पछिल्ला केही दिनदेखि प्रचण्ड गर्मीका कारण दैनिकी कष्टकर बन्दै गएको छ। हिमाली क्षेत्रमै तापक्रम अति वृद्धि हुँदा तराई क्षेत्रमा अवस्था झनै भयावह छ। अत्यधिक गर्मीले घरभित्रै पनि बस्न नसकिने अवस्था छ भने चुरे फेदीमा रहेका चापाकलसमेत सुक्न थालेका छन्।

चापाकलबाट पानी आउन छाडेको रौतहटको चन्द्रपुर नगरपालिकाका स्थानीयको भनाइ छ। चन्द्रपुर– ४ का आधा दर्जन चापाकल सुकेर पानी आउन छाडेको छ। चुरे विनाश, जंगल फँडानी, ढुंगा, गिटी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरूको भनाइ छ। भूमिगत पानीको तह तल धकेलिँदा चुरे  र यसको दक्षिणी क्षेत्रमा पानीको अभाव चुलिएको डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकारी रामप्रसाद साहले बताए।

चुरेमा अनियन्त्रित दोहन जारी रहे पानी अभावकै कारण यो क्षेत्रका बासिन्दा अन्यत्र बसाइँ सर्नुपर्ने अवस्था आउने जानकारको चेतावनी छ। चुरे र नदी संरक्षणप्रति गम्भीर बन्नैपर्ने सूचना अधिकारी साहले बताए। ‘गर्मी सहनै नसक्ने गरी बढेको छ । तिर्खा मेट्न पानीको अभाव वर्षैपिच्छे बढ्दै छ। चुरे संरक्षण र नदीमा संरक्षणमुखी कार्य गर्न सकिए मधेसमा पानीका लागि मानिस आकुलव्याकुल हुनबाट जोगिन्छन्,’ डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनील कर्णले भने। पानी संकटबाट पार पाउन चुरे र नदीको संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ।


यो पनि : जलको नगरी जलेश्वरमै पानीको हाहाकार


०७१ असार २ गते सरकारले नै चुरे क्षेत्रलाई वातावरणीय दृष्टिकोणले ‘संवेदनशील क्षेत्र’ घोषणा गरेको थियो । त्यही दिन सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति पनि गठन गरेको थियो। ‘चुरेभावर भनेको मधेसका लागि पानी जम्मा भएको प्राकृतिक भाँडो नै हो,’ कर्णले भने। तर, राज्यले चुरे संरक्षणका नाममा बर्सेनि करोडौँ रकम खर्च गरे पनि स्थानीय सरकारले नै चुरे अतिक्रमण गरेर भौतिक संरचना बनाइरहेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिकाले चुरे अतिक्रमण गरेर बसेका बस्ती हटाए पनि डोजर लगाएर बाटो बनाउने, विद्यालय बनाउने जस्ता काम गरिरहेको छ। नगरपालिकाकाे वडा नं ३ ले अतिक्रमण गरेर धमाधम बाटो बनाइरहेको छ। यता, मकवानपुरको बकैया गाउँपालिकाले चुरे अतिक्रमण गरेर बसेका बस्तीहरूमा पक्की सडक नै बनाउँदासमेत सम्बन्धित निकायले चासो दिएको छैन।

चुरे विनाशकै कारण पछिल्लो समय तल्लो भेगमा धमाधम चापाकल सुक्दै जाने र भएका पानीका मुहानसमेत सुकेका कारण समस्या भएको सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष वेदहरि दाहालले बताए।