
राजविराज नगरपालिकाका निवर्तमान मेयर एवं लोसपाका नेता शम्भुप्रसाद यादवले ज्यालादारीमा कार्यरत कर्मचारीलाई कामकाजमा नलगाउने नगरपालिकाको निर्णयप्रति आपत्ति जनाएका छन्।
राजविराज नगरपालिकाकाले दैनिक तथा मासिक ज्यालादारीमा कार्यरत ६९ जना कर्मचारी हटाएकोप्रति उनले आपत्ति जनाएका हुन्। नगरपालिकाले हचुवाका भरमा निर्णय गरेको आरोप लगाउँदै उनले फिर्ता लिन माग गरेका छन्।
‘सम्पूर्ण दैनिक तथा ज्यालादारी कर्मचारी काम गर्न लायक थिएनन् ? यदि हो भने कार्यमूल्यांकन प्रतिवेदन पनि सार्वजनिक होस्,’ यादवको १० बुँदे असहमति पत्रमा उल्लेख छ।