१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२ असारदेखि ‘मेयर कप सप्तरी प्रिमियर लिग’ क्रिकेट प्रतियोगिता

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

सप्तरीको राजविराजमा असार २ देखि ‘मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता’ हुने भएको छ। राजविराज नगरपालिकाले आयोजना गर्न लागेको पाँचौँ संस्करणको प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ।

प्रतियोगिताका लागि ‘अक्सन’का माध्यमबाट खेलाडी छनोट गरिएको सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए। उनका अनुसार अक्सनका लागि कुल १७२ खेलाडीले आवेदन दिएका थिए। तीमध्ये ८५ जनालाई विभिन्न टिमले खरिद गरेका हुन्।

यो संस्करणको प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीको सहभागी रहने भएकाले अघिल्ला संस्करणहरूभन्दा धेरै राम्रो हुने आयोजकको अपेक्षा छ।