१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पारिश्रमिक वृद्धिको माग गर्दै दार्चुलामा सामुदायिक विद्यालयका कर्मचारी धर्नामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:५१:oo

दार्चुलाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी ६ दिनयता आन्दोलनमा छन्। सरकारले पारिश्रमिक वृद्धि नगरेको भन्दै जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् । उनीहरूले शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा धर्ना दिएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवा–सुविधाबारे ग्यारेन्टी गर्ने कुरा उल्लेख भए पनि बजेटमा समावेश नगरेकाले आन्दोलनमा उत्रिनुपरेको नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति दार्चुलाका अध्यक्ष तोयराज जोशीले बताए ।

विद्यालयमा कार्यरत कर्मचारीलाई राज्यले उचित सम्बोधन नगरेको भन्दै आन्दोलन गर्नुपरेको उनको भनाइ  छ । कार्यालयको चाबी प्रधानाध्यापकलाई बुझाएर कर्मचारीहरू धर्नामा बसेका हुन्।

जेठ २१ गतेदेखि दार्चुलामा विद्यालय कर्मचारीहरू दबाबस्वरूप शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्नामा छन्। हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म धर्ना र नारा–जुलुस भइरहेको विद्यालय कर्मचारी दिनेशबहादुर सिंहले बताए ।

माग पूरा नभए जेठ २७ गतेदेखि असार १ गतेसम्म काठमाडौंमा रिले अनशन गर्नुका साथै असार २ गतेदेखि माग पूरा नहुन्जेलसम्म सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको बताइएको छ । उनीहरूको आन्दोलनमा विभिन्न शिक्षक संगठन र शिक्षक महासंघले समेत ऐक्यबद्धता जनाएका छन्।

ऐक्यबद्धता जनाउँदै माग पूरा गराउन दबाब दिने महासंघले प्रतिबद्धता गरेको छ । विद्यालयका लेखापाललाई खरिदारसरह र कार्यालय सहयोगीलाई श्रेणीविहीनस्तरको तलब सुविधा हुनुपर्ने, ०७९ भदौ १९ गते मन्त्रीस्तरीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, संघीय शिक्षा ऐन जारी गरी दरबन्दी कायम गरेर विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायतका माग उनीहरूले अघि सारेका छन्।

श्रम ऐनले तोकेअनुसार सरकारले न्यूनतम पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै परिषद्ले आन्दोलन घोषणा गरेको थियो । दार्चुलामा चार सय १८ जना विद्यालय कर्मचारी छन्।