१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीका नेतामाथि आक्रमण भएको भन्दै एमालेद्वारा प्रतिनिधिसभामा विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१५:oo

प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको छ। एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोसी प्रदेश सभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार इलाममा आक्रमण भएको घटनालाई लिएर विरोध जनाएको हो।

आजको बैठक प्रारम्भ भएलगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद योगेशकुमार भट्टराईलाई समय दिएका थिए। सांसद भट्टराईले ०७९ फागुन १७ गते प्रदेश सभाबाट दुईतिहाइभन्दा बढी मतबाट कोसी प्रदेशको नामकरण भएको सन्दर्भमा असहमति भए पनि लोकतान्त्रिक विधिबाट भएको निर्णयलाई पालना गर्नुको साटो पटकपटक अवाञ्छित घटना हुन थालेको बताए।

उनले प्रदेशको नामकरण भएको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई झापामा ढुंगामुढा गर्ने, ‘एम्बुस’ थाप्ने र अवरोध सिर्जना गर्नेजस्ता कार्य भएको स्मरण गराए।

भट्टराईले उदयपुरमा कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारको गाडीमाथि हमला भएको घटना पनि उल्लेख गरे। साथै प्रदेशको नामकरण सम्बन्धमा विराटनगरमा निधन भएका एक प्रदर्शनकारीको निधनको घटनाबारे पनि गृहमन्त्रीको जवाफ माग गरेका थिए। रासस