Skip This
आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Tuesday, 11 August, 2026
२o८o जेठ २४ बुधबार २o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै शिशुको हत्या गरी फरार अन्सारी समातिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार २o:३३:oo

आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ। बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौंको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार १४ जेठको अपराह्न ५ बजेतिर बाराको देवताल गाउँपालिका– ४ तिप्राडी टोल बस्ने नुरआलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए। 

उनी फरार भएपछि काठमाडौंमा लुकेको आशंकामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा प्रहरी टोली खटिएको थियो। 

टोलीले उनलाई गए राति चन्द्रागिरि नगरपालिका– १५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो। उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको रेग्मीले जानकारी दिए। रासस